
प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचन मात्र नभई संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ पनि भएको बताउनुभएको छ ।
ठूलो मूल्य चुकाएर आएको संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उहाँले आग्रह गर्नुभयो । चुनावी प्रचारको शिलशिलामा गृह जिल्ला डडेलधुरा पुग्नुभएका देउवाले गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै संविधान च्यात्ने काममा केपी ओलीको भूमिका ठूलो रहेको बताउनुभयो ।
डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवा हिजोदेखि गृहजिल्लामा चुनावीसभा र भेटघाटमा व्यस्त हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्