Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाली खेलकुद : कबड्डीतर्फ नेपालको यात्रा समूह चरणबाटै टुंगियो


0
Shares

                           फाइल तस्वीर : नेपाल र इरानबीचको खेल

इन्डोनेसिया, भदौ ७ । एसियाली खेलकुदको कबड्डीतर्फ नेपालको यात्रा समूह चरणबाटै टुंगिएको छ ।

समुह ‘बी’को अन्तिम खेलमा आज पाकिस्तानसँग पराजित भएपछि नेपालको यात्रा समूह चरणमै सीमित भएको हो ।

दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको खेल नेपालले ३८–२० ले गुमायो । 

समूह ‘बी’का कुल ५ खेलमध्ये नेपाल ४ खेलमा पराजित भयो भने मलेसिया विरुद्धको एक खेलमा मात्रै जित हात पार्‍यो ।

कबड्डीमा पुरुषतर्फ मात्रै भाग लिएको नेपाललाई इन्डोनेसिया, जापान, ईरान र पाकिस्तानले पराजित गरेका हुन् ।