२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


‘कमेडी च्याम्पियन’ टिम र ‘ओएसआर’ले फिल्म बनाउँदै


767
Shares

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ समूह र डिजिटल कम्पनी ‘ओएसआर’ले मिलेर फिल्म निर्माण गर्ने भएका छन् ।

विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल रहनेछन् । बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक यम थापाबीच सम्झौता भएको छ ।

छिट्टै फ्लोरमा निस्कने निर्माण टिमको तयारी छ । फिल्मको सम्पूर्ण टिम र कलाकारबारे केही दिनमा आधिकारिक घोषणा गरिने निर्माता पक्षले बताएको छ ।

फिल्म थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतीमा बन्न लागेको बताइएको छ । फिल्मको कथा यम थापाले तयार पारेका हुन् ।

यस वर्ष फिल्मको सम्पूर्ण छायांकन सकेर २०८० सालको विजयादशमीमा प्रदर्शन गर्ने योजना रहेको निर्माता अग्रवालले जानकारी दिए ।