
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा उठेका मुद्दामा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले संसदमा उठेका मुद्दा जनताको आवाज भएकाले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भएकाे हाे । उहाँले संसदबाट पास भएका प्रतिवेदनलाई सम्बन्धित निकायले तदारुकताका साथ कार्यान्वयनमा लैजनुपर्ने बताउनुभयो । सर्वसम्मतले पास भएका प्रतिवेदनको कार्यान्वयनमा कुनै पनि अवरोध हुनुनहुने उहाँले बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले समितिले दिएका प्रतिवेदनहरूको कार्यान्वयन गर्न सकेमात्रै संघीयता झनै बलियो बन्ने दावी गर्नुभयो। उहाँले संसदीय समितिले दिएका निर्देशन र प्रतिवेदनलाई प्रक्रिया पूरा गर्ने माध्यमको रुपमा नलिन पनि आग्रह गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले समितिले बुझाएका प्रतिवेदनहरूको कार्यान्वयन मुख्य रहेको उल्लेख गर्दै साझा निष्कर्षलाई कार्यान्वयनमा नलैजाने हो भने भविष्यमा कुनै पनि समिति बनाउनुको अर्थ नहुने जिकिर गर्नुभयो । समतिले बुझाएको प्रतिवेदनलाई संसदले खोजी गरिरहने उहाँकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्