अभिनेत्री हंसिकालाई प्रेमी सोहेलले गरे एफिल टावरको अगाडि प्रपोज « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


अभिनेत्री हंसिकालाई प्रेमी सोहेलले गरे एफिल टावरको अगाडि प्रपोज


33.371k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी छिट्टै विवाह बन्धनमा बाँधिदैछिन् ।

विवाहअघि अभिनेत्रीले फ्यानलाई आफ्नो विवाहको लागि प्रेमीले गरेको प्रस्तावको झलक तस्विरमार्फत देखाएकी छिन् । यी तस्विरहरूमा हंसिका आफ्नो प्रेमी सोहेल कथुरियासँग पेरिसको एफिल टावरको अगाडि देखिएकी छिन् ।

यी तस्विरहरू सामाजिक सञ्जालमा सेयर गर्दै हंसिकाले लेखेकी छिन्, ‘अब सधैंका लागि ’। सोहेलले सोही पोस्टमा कमेन्ट गर्दै लेखेका छन्, ‘आइ लभ यू माइ लाइफ’ । अहिले हंसिका र सोहेलको यी तस्विर देखेपछि फ्यानदेखि लिएर सेलिब्रेटीसम्मले अभिनेत्रीलाई बधाई दिइरहेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार हंसिका र सोहेल कथुरिया डिसेम्बर ४ मा विवाह गर्दैछन् । हंसिकाको विवाह निकै शानदार हुने भएको छ, जसका लागि उनले जयपुरको ४५० वर्ष पुरानो किल्लालाई फाइनल गरिसकेकी छिन् ।

जयपुरको दरबारमा डिसेम्बर २ मा सुफी नाइट, ३ डिसेम्बरमा संगीत र ४ डिसेम्बरमा विवाह समारोह । यी सबै कार्यक्रमको तयारी अहिलेदेखि नै सुरु भएको छ ।

हंसिकाको लाइफ पार्टनरको बारेमा अहिलेसम्म धेरै जानकारी बाहिर आएको छैन । प्राप्त जानकारी अनुसार उनको नाम सोहेल कथुरिया हो र उनी एक व्यवसायी हुन् ।

इन्डिया टुडेको रिपोर्टका अनुसार सोहेल लामो समयदेखि हंसिकाको बिजनेस पार्टनर रहेका छन् । दुवैले सन् २०२० देखि इभेन्ट प्लानिङ कम्पनी चलाइरहेका छन् । यसै क्रममा उनीहरू दुवै प्रेममा परे, २ वर्षको प्रेम सम्बन्धपछि अन्ततः उनीहरु बिहे गर्न लागेका हुन् ।