
काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्याण्ड समुहको दोस्रो स्थानमा उक्लिएको छ ।
अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई २० रनले हराउँदै समुहको दोस्रो स्थानमा उक्लिएको हो ।
जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन मात्रै बनाउन सक्यो ।
न्युजिल्यान्डको लागि प्लेन फिलिप्सले सर्वाधिक ६२ रनको योगदान दिए । कप्तान केन विलियम्सनले ४०, फिन एलेनले १६ र मिचेल सान्टनारले अविजित १६ रन बनाए ।
इंग्ल्यान्डका साम करन र क्रिस वोक्सले २/२ तथा मार्क उड र बेन स्टोक्सले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि कप्तान जोस बट्लरले ७३, एलेक्स हलेसले ५२ र लियाम लिभिङ स्टोनले २० रन बनाए ।
न्युजिल्याण्डका लक्की फर्गुसनले २ तथा टिम साउथी,मिचेल स्टानर र इश सोधीले १/१ विकेट लिए ।
यो जितसँगै इंग्ल्याण्डले समुह एकमा ४ खेलबाट ५ अंक जोडेको छ । शिर्ष स्थानको न्युजिल्याण्ड तथा तेस्रो स्थानको अष्ट्रेलियाको पनि समान ५–५ अंक रहेको छ । जारी विश्वकपमा न्युजिल्याण्डको यो पहिलो हार हो ।
विश्वकप क्रिकेटमा आज बुधबार दुई खेल हुनेछन् । बिहान पौने १० बजे एडलेडमा नेदरल्याण्ड्स र जिम्बाबे भिड्दा दिउँसो पौने २ बजे सोही मैदानमा भारतले बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्