 
	    काठमाडौं । नेकपा (एमाले) ले आज (मंगलबार) आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
मंगलबार दिउँसो साढे १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । एमालेले यस पटक पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनाएको थियो । साथै सामाजिक सञ्जाल र टेलिफोन लगायतका सञ्चार माध्यमबाट सुझाव समेत संकलन गरिएको थियो ।
सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने चुनावका लागि घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्