
काठमाडाैं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गर्नुभएकाे छ ।
विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गर्नुभएकाे हाे । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित अधिकांश राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्