६० काटेका उम्मेदवारलाई मतदान गरिन्न : दीपकराज गिरी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


६० काटेका उम्मेदवारलाई मतदान गरिन्न : दीपकराज गिरी


1.001k
Shares

काठमाडौं । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर काटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् ।

गिरीले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूले ६० वर्ष काटेका उम्मेदवारलाई भोट नदिने कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत घुमाउरो पाराले बताएका छन् ।

उनी लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० काटेकालाई हाल्दै हाल्दिन !’

पछिल्लो समय शीर्ष नेताहरुलाई लक्षित गर्दै ‘नो नट अगेन’ को ट्रेन चलिरहेको छ ।