
पर्वत । पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाकुरीमा संचालित एक किराना तथा खाद्यान्न पसलमा आगलागी भएको छ ।
कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका धनबहादुर कुवरको भिषण किराना तथा खाद्यान्न पसलमा आगलागी भएको हो ।
शुक्रबार राति १२ बजेको समयमा लागेको आगलागीबाट पसलमा बिक्रिका लागि राखिएका सम्पुर्ण सामाग्री सहित घर जलेर नष्ट भएको छ ।
आगलागी हुँदा घर पूर्ण रुपमा नष्ट भएपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको थियो । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी ठुलिपोखरीबाट गएको प्रहरीले क्षतिको विवरण संकलन गरी मूल्यांकन गर्दा झण्डै रु. २५ लाख रुपैयाको क्षति भएको वडा नं. १३ का वडा अध्यक्ष तेजप्रसाद शर्माले जानकारी दिनुभयो ।
पसल सहित घरनै नष्ट भएपछि कुँवर परिवारको बिचल्ली भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्