Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न


338
Shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न भएको छ ।

डेढ करोडको लागतमा निर्माण भएको चलचित्रलाई प्रदिप शाहीले निर्देशन गरेका हुन् । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको जोमसोम, मार्फा, कागबेनी, मुक्तिनाथमा ६० प्रतिशत र काठमाडौंकाे ४० प्रतिशत स्थानमा छायांकन भएको हाे ।

सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको चलचित्र ‘अन्तिम संस्कार’को पोस्ट प्रोडक्सनको कार्य लण्डनमा गरिने छ। चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो ।

चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, बिशाल पहाडी, कृष्णभक्त महर्जन, एवन राज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य ,सुरज खालिङ्ग राई,पासाङ्ग टि शेर्पा,सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठलगायतको अभिनय रहेको छ ।