
एजेन्सी । भारतीय बलिउड अभिनेता सलमान खानलाई केही दिनअघि डेंगु भएको पुष्टि भएपछि उनले बिग बोस १६ को सुटिङ रद्द गरेका थिए ।
तर, अब सलमान डेंगुबाट निको भइसकेका छन् र उनले छिट्टै शोको सुटिङ सुरू गर्न लागेका छन् । भारतीय सञ्चार माध्यामका अनुसार उनलाई केही कमजोरी र असहज भएतापनि उनी छिटो शोको शुटिङ गर्न लागेका छन् ।
बिग बोससँग सम्बन्धित स्रोतका अनुसार सलमानले बिहीबार विकेन्ड का वारको सुटिङ गर्नेछन् । यस एपिसोडमा कट्रिना कैफ र उनको फिल्म ‘फोन भूत’ को सम्पूर्ण टिम अतिथिको रूपमा देखिनेछन् ।
बिग बोसको अन्तिम एपिसोड करण जोहरले होस्ट गरेका थिए। स्रोतका अनुसार सलमानको स्वास्थ्य बिग्रिएपछि उनले आफैंले करणलाई फोन गरेर शो होस्ट गर्न अनुरोध गरेका थिए । डेंगुका कारण सलमान कुनै पनि दिवाली पार्टीमा देखा परेका छैनन् । तर, २६ अक्टोबरमा सलमान आफ्नी बहिनी अर्पिताको घरमा देखिएका थिए ।
बिग बोस सानो पर्दामा सन् २००६ मा सुरु भएको थियो । यसअघि यो शो अरशद वारसी, शिल्पा शेट्टी, फराह खान र अमिताभ बच्चन जस्ता सेलिब्रेटीहरूले होस्ट गरिसकेका छन्, तर २०१० देखि सलमान यस शोको होस्ट छन्।
सलमान खानको वर्कफ्रन्टको कुरा गर्दा उनी छिट्टै फिल्म ‘किसी का भाइ किसकी जान’ मा देखिदैछन् । त्यसपछि उनी ‘टाइगर ३’पनि देखिनेछन् ।
प्रतिक्रिया दिनुहोस्