 
	    काठमाडौं । निर्माता तथा निर्देशक शोभित बस्नेतको निर्माणमा बन्न लागेको चलचित्र ‘जय हो’ मा सलोन बस्नेत मुख्य भूमिकामा रहने भएका छन् ।
आगामी माघबाट छायांकनको तयारीमा रहेको चलचित्रको तिहारको अवसर पारेर सोमबार चलचित्र बन्ने घोषणा गरिएको हो । चलचित्रमा शोभित प्रस्तुतकर्तामा रहेका छन् भने मुख्य भूमिकामा अभिनेता सलोन रहने छन् । चलचित्रमा एक अर्का अभिनेता र अभिनेत्री पनि रहनेछन् । तर उनीहरुको नाम भने खुलाइएको छैन ।
सुरेश न्यौपानेद्वारा चलचित्रको कथा लेख्ने काम भइरहेको छ भने चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले संयुक्त रुपमा निर्माण गर्नेछन् । सलोन-सलिना फिल्म्सको व्यानरमा निर्माण हुन लागेको चलचित्र एक्सन-लभस्टोरी कथामा निर्माण हुनेछ ।
चलचित्रका लागि निर्देशक पनि फाइनल भइसकेका छैनन् । केही दिनमा निर्देशकसहित बाँकी कलाकार छनोट हुने निर्माण टिमले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्