
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर काठमाडौंको मध्यबानेश्वरस्थित श्रीरत्न पुस्तकालयले आफ्नो हीरक महोत्सव मनाएको छ ।
आजभन्दा ६ दशकअघि यही दिन यो पुस्तकालय स्थापना भएको हो । महोत्सवमा सहभागी स्रष्टाहरूले प्रज्ञा र चेतनाको विकासमा पुस्तकालयले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।
कार्यक्रममा कवि तथा गीतकार एस्पी कोइरालाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ख्यातीमा भारतीय विद्वान राहुल सांंस्कृतायनले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
अर्का कवि तथा साहित्यकार डा. नवराज लम्सालले नेपाली साहित्यलाई बहुआयामिक बनाउन महाकवि देवकोटाले पुर्याएको योगदान अद्वितीय रहेको बताउनुभयो ।
सो अवसरमा पुस्तकालयको श्रीवृद्धिमा योगदान गर्ने जनसेवीलाई सम्मान गर्नुका साथै दाताहरूले रक्तदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्