 
	    बारा । ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले राजमार्गमा गुडदै गरेका सवारीको यान्त्रिक र चालकको स्वास्थ्य अवस्था जाँच थालेको छ ।
जितपुर सिमरा उपमहानगर, सौर्य तथा रिद्धि सिद्धि सिमेन्ट, बयोधा अस्पतालको समन्वयमा ट्राफिक व्यवस्थापन कार्यालयले सुरक्षित यात्राको लागि गुडदै गरेको सवारी साधनको प्राविधिक परिक्षण र चालकको स्वास्थ्य जाँच गरेको हो ।
यसैक्रममा ५ सय ८० वटा दिवा तथा रात्री बस, माईक्रो र सुमोको यान्त्रिक परीक्षण गरिएको थियो । जसमध्ये ३ वटा सवारीको यान्त्रिक अवस्था दयनीय रहेको, ६४ वटा सबारीले अगाडी पट्टि रिसोलिङ टायर प्रयोग गरेको र ४७ वटा सवारीले अनावश्यक बत्ती, ठूलो आवाजको हर्न प्रयोग गरेकोले ट्राफिक प्रहरीले कारबाही तथा सचेत गर्दै पठाएको जनाएको छ ।
त्यस्तै, ५ सय ५९ जना चालकको स्वास्थ्य जाँचमा ३४ जनामा उच्च रक्तचाप, १३ जनामा सामान्य समस्या र संक्रमण, ३ जनामा मधुमेह , १ जनामा आँखाको समस्या र ३ जना सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएकोे कार्यालयले जनाएको छ ।
अभियानमा ९९ ट्राफिक प्रहरीसहित ईन्जिनियर, प्रावीधीक, चिकीत्सक सहित मेडिकल टोली, नेपाल आँखा अस्पताल औराहा, लागु औषध ब्युरोका कर्मचारी सहित १ सय ५४ जनाको सहभागीता थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्