जकार्ता, भदौ ६ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को भारोत्तोलनतर्फ नेपालका कमलबहादुर अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान राखेका छन् ।
जकार्तास्थित जेआइ एक्स्पो हलमा बुधबार भएको भारोत्तोलनको पुरुष ६९ केजी तौल समूहको खेलमा कमलले स्न्याचतर्फ ११९ र क्लीन एन्ड जर्कतर्फ १६० केजी उठाउँदै समग्रमा २७९ केजीको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
यो तौल समूहमा तीनओटै कीर्तिमान कमलकै नाममा थियो ।
‘साग’का स्वर्णपदकधारी खेलाडी कमलले यसपटक आफ्नो सबै पूराना कीर्तिमानमा सुधार गरे ।
कमलले श्रीलंकामा सन् २००६ मा भएको दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्णपदक दिलाएका थिए ।








प्रतिक्रिया दिनुहोस्