Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


‘नालापानी’ र ‘के घर के डेरा’ आजबाट प्रदर्शनीमा


78
Shares

काठमाडौं । आज शुक्रबारबाट दुई वटा नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ ।

शुक्रबारबाट देशभर नेपाली चलचित्र ‘नालापानी’ र ‘के घर के डेरा’ प्रदर्शन हुन लागेको हो ।

रिमेश अधिकारीद्वारा निर्देशित चलचित्र ‘नालापानी’ एक ऐतिहासिक युद्धमा आधारित छ । यसले नेपालको नालापानी युद्धको कथा भन्छ ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य र निर्माण थपलिया रहेका छन् ।

पानी मात्र पिएर आफ्नो देशको रक्षाको लागि युद्ध गरिरहेका नेपालीमाथि अंग्रजले त्यही पिउने पानीको मुहान नै बन्द गरिदिँदा को पीडालाई चलचित्रमार्फत देखाउन खोजिएको छ ।

आजैबाट रिलिज भएको अर्को चलचित्र हो, ‘के घर के डेरा’ । दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ ।

काठमाडौंमा घर बनाउने चाहना र त्यसका लागि गर्ने संघर्ष यो चलचित्रको कथामा देखाइएको छ । यो चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।