Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाड टेनिसमा नेपालको प्रदर्शन सहभागितामै सीमित


0
Shares

जकार्ता, भदौ ६ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को टेनिसतर्फ पनि नेपालको प्रदर्शन सहभागितामै खुम्चिएको छ ।

टेनिसको महिला डबल्सअन्तर्गत् ‘राउन्ड अफ सिक्सटिन’को खेलमा नेपाललाई जापानले २–० को सोझो सेटमा हराएको हो ।

बुधबार भएको खेलमा नेपालका मायांका राणा र माहिका राणाको जोडीलाई जापानका मोयुका उछिजिमा र इरिनाहायासीको जोडीले ६–०, ६–० को सोझो सेटमा हराए ।

राणा दिदी–बहीनीले यसअघि अन्तिम ३२ चरणको खेलमा भने माल्दिभ्सलाई पराजित गरेका थिए ।

यसअघि, टेनिसको पुरुष एकलतर्फ नेपालका संरक्षक भूषण बज्राचार्य र अभिशेक बास्तोला पहिलो खेलमै पराजित भएका थिए ।

यसैगरी, महिला एकल तर्फमा खेलहरुमा मायांका राणा र माहिका राणा पनि पहिलो खेलबाटै बाहिरिएका थिए ।

मिक्स डबल्सतर्फ पनि नेपालका दुवै जोडी पहिलो खेलमै पराजित भएका थिए ।