बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु


624
Shares

काठमाडाैं । बझाङकाे मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप आज दिउँसो दुर्घटना भएको हो ।

जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ८ जना घाइते भएको मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र रोकायाले बताउनुभयो ।

उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या थपिन सक्ने उहाँले बताउनुभयो । जिपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।