७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


निर्मला पन्तका वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै आज पनि प्रदर्शन


0
Shares

कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तका वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले आज पनि प्रदर्शन तथा आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।

प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा भिमदत्त नगरपालिका १९ बागफाँटाका मानसिक रुपमा अस्वस्थ दिलिप विष्टलाई सार्वजनिक गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका छन् । उनीहरुले हत्यारालाई जोगाउन प्रहरीले निर्दोष व्यक्तिलाई फसाउन खोजेको आरोप लगाएका छन् ।

विष्टलाई पक्राउ गरेको विरोधमा महेन्द्रनगर बजार बन्द गरिएको छ भने विद्यार्थी तथा युवाहरुले वास्तिविक दोषी पत्ता लगाउन माग गर्दै विरोध र्‍याली समेत निकालेका छन् । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले ५ राउण्ड हवाइ फायर गरेको छ ।