Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सरकारी तालमेल नहुँदा सर्लाहीका किसानले पाएनन् राहत


104
Shares

सर्लाही । गत असोजमा आएको बाढीका कारण क्षति बेहोरेका सर्लाहीका किसानहरुले अझै राहत पाउन सकेका छैनन् ।

बेमौसमी वर्षाका कारण किसानले लगाएको धान बालीमा ठूलो क्षति भएपछि सरकारले राहत प्रदान गर्ने भनेर विवरण संकलन कार्य थालनी गरेको भए पनि किसानले एक वर्ष नहुँदा समेत राहत पाउन सकेका छैनन् ।

बाढीले यहाँको धान लगायत अन्य बाली तथा पशुचौपायाको समेत क्षति भएको थियो । संघीय र प्रदेश सरकारको टोलीले राहत बाँड्ने आश्वासन दिएकोे महिनौं बितिसक्दा पनि राहत नपाउँदा किसान निराश भएका छन् ।

सर्लाही मालपोत कार्यालयमा किसानको नाम, थर तथा नागरिकता नम्वर राखेर एकमुष्ट विवरण र्हेने प्रविधि पुर्णरुपमा संचालन नभएकाले किसानको वास्तविक जग्गा पता लगाउन नसक्दा राहत दिन नसकिएको राहत रकम निर्धारण समितिका संयोजक तथा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारीले बताउनुभयो ।

स्थानीय पालिकाले समेत किसानको एकमुष्ट विवरण पढाउन नसकेकाले पनि किसानलाई राहत बाँड्ने कार्य जटिल भएको हो ।