७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


मोटरसाइकल चोरी गरिरहेको अवस्थामा पक्राउ


0
Shares

काठमाडौं, भदौ ६ । मोटरसाइकल चोरी गरिरहेको अवस्थामा राजधानीबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका–३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका–७ घर भएका २० वर्षीय ईश्वर श्रीमललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१५ सितापाइला डेरा गरी बस्ने धादिङ गजुरी घर भएका दिपक भण्डारीको डेरा घर अगाडी पार्किङ गरी राखेको बा३६ प ८५३२ नम्वरको मोटरसाइकल गएराति चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट गस्तीमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको जनाइएको छ ।