समाचार प्रमुख डा.महेन्द्र बिष्टको बिदाई • Image Khabar Image Khabar


समाचार प्रमुख डा.महेन्द्र बिष्टको बिदाई


Imagekhabar
३ असार २०७५, आईतवार ०४:५५

समाचार प्रमुख डा.महेन्द्र बिष्टको बिदाई

काठमाडौं, असार ३ । ईमेज च्यानल टेलिभिजनका समाचार प्रमुख डा.महेन्द्र बिष्टलाई आज एक समारोहबीच बिदाई गरिएको छ ।

ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आर.के. मानन्धरले डा. बिष्टलाई आज बिदाई गरेका हुन् । कार्यक्रममा अध्यक्ष मानन्धरले डा. बिष्ट नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुक्त भएकोमा बधाई दिंदै उत्तरोत्तर प्रगतिको कामना गरे ।

डा. बिष्टले ईमेज च्यानलमा रहेर पु¥याएको योगदानको पनि उनले खुलेर प्रशंसा गरे ।

डा.बिष्ट बिगत १० बर्षदेखि ईमेज च्यानलमा समाचार प्रमुखको रुपमा कार्यरत थिए ।

सरकारले गत जेठ ३१ गते विष्टलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्