
काठमाडौं । कोकाकोलाले दशैँ, तिहार र छठको उपलक्ष्यमा सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन ल्याएको छ ।
विगतका वर्षहरुमा झैं यस वर्ष पनि चाडपर्वको समयमा अझै रमाइलो बनाउन कोका–कोलाले नयाँ योजना ल्याएको जनाएको छ ।
यो क्याम्पेनको मुख्य उद्देश्य दशैँको समयमा आफ्ना नजिकका नातेदार र आफन्तसँगको सम्बन्ध ताजा बनाउनु रहेको कम्पनीको दाबी छ ।
यही क्याम्पेनको एउटा भागको रुपमा यस वर्ष कोका–कोलाले कुवेत मुलुकमा वैदेशिक रोजगारीमा गएका र आफ्नो परिवारसँग लामो समयदेखि टाढा रहेकाहरुको आफ्नो परिवारसँग नजिक ल्याउन कोसिस गरेको थियो । जसअन्तर्गत कोका–कोकाले १४ जनालाई नेपाल आउने र जाने दुईतर्फी हवाइ टिकट प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्