प्रभु साह एमालेबाट निष्कासित « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


प्रभु साह एमालेबाट निष्कासित


2.041k
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश सहइन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ ।

महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जनाइएको छ ।

प्रभु साहले प्रतिनिधिसभातर्फ रौतहट ३ बाट स्वतन्त्र उमेदवारी दिएका छन् ।

रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख गरीएको छ ।