चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिवर्तन « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिवर्तन


117
Shares

काठमाडौं । आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाखे’को प्रदर्शन मिति पुनः परिर्वतन भएको छ ।

चलचित्रको मिति परिर्वतन गर्दै अब कात्तिक १८ गतेका लागि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यस अघि पनि उक्त चलचित्रको प्रदर्शन मिति परिवर्तन भएको थियो । सुरुम भदौ ३१ गतेका लागि प्रदर्शन मिति तय गरेको चलचित्रको निर्माण टिमले भिएफएक्स, मिक्सिङ्ग लगायतका प्राविधिक काम भारतको मुम्बईमा भइरहेकाले भदौ ३१ गते प्रदर्शन गर्न सम्भव नभएको भन्दै कात्तिक ११ गतेका लागि नयाँ प्रर्दशन मिति तय गरेको थियो ।

तर, कात्तिक ११ मा महजोडीको चलचित्र ‘महापुरुष’ रिलिज हुने भएपछि महलाई सम्मान गर्दै चलचित्रको प्रदर्शन मिति पुनः परिर्वतन गरेको निर्माण टिमले जनाएको छ । अब उक्त चलचित्र एक साता पछाडि धकेलिएको छ ।

चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणालगाएतको अभिनय रहेको छ ।

सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् । निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा दीपक बज्रचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन रहेको छ ।