पाहुनालाई सधै राख्न सकिदैन : हृदयेश त्रिपाठी « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


पाहुनालाई सधै राख्न सकिदैन : हृदयेश त्रिपाठी


2.691k
Shares

परासी । पूर्वमन्त्री हृदयेश त्रिपाठीले पाहुनालाई स्वागत गर्न सकिने तर सधैभरी राखिराख्न नसकिने बताउनुभएको छ ।

आफूसँग चुनाव लडेका अर्बपति विनोद चौधरीतर्फ लक्षित गर्दै नेता त्रिपाठीले चौधरी पाहुना भएकाले स्वागत गर्न सकिने तर सधै राखिराख्न नसकिने बताउनुभयो ।

त्रिपाठी र चौधरी नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्दै हुनुहुन्छ । त्रिपाठी जनता प्रगतिशिल पार्टी र चौधरी नेपाली कांग्रेसबाट चुनाव लड्नुभएको हो ।

त्रिपाठीलाई एमालेले समर्थन गरेको छ भने चौधरीलाई सत्ता गठबन्धनको ।