
काठमाडौं, भदौ ६ । काठमाडौंको कालीमाटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उदयपुरको पञ्च गाउँपालिका–६ का २५ वर्षीय कुमार खत्रीलाई बुधबार बिहान मोटरसाइकलले ठक्कर दिएको हो । घाइते खत्रीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान सवा ३ बजे बा ५२ प ५४५६ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत कालीमाटीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्