रुपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवारकै उम्मेदवारी खारेज « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


रुपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवारकै उम्मेदवारी खारेज

'रेशम चौधरी र लक्ष्मण थारु पनि चुनाव लड्न नपाउने'

93.704k
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका उम्मदेवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

गुरुङ बैकिङ कसुरमा मुछिएका कारण उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

यही निर्वाचन क्षेत्रबाट हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको छ । मुख्य प्रतिस्पर्धीसहित तीन जनाको उम्मेदवारी खारेज भएपछि एमालेका उम्मेदवार विष्णु पौडेललाई निर्वाचन लड्न सहज हुने देखिएको छ ।

उता, बर्दियामा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो ।

सोही पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी पनि खारेज भएको छ । २०७२ साल भदौ ७ मा सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैद र थारुलाई ३ वर्ष कैदको सजाय सुनाएको थियो । थारु फरार छन् भने चौधरी डिल्लीबजार कारागारमा छन् ।