
काठमाडौं, भदौ ५ । बिम्स्टेक बैठक नजिकिएसँगै अहिले काठमाडौंको सडकका केही स्थानमा कालोपत्र गर्ने र टाल्ने काम भइरहेको छ ।
जहाँ–जहाँ अतिथि बस्छन् र जान्छन्, त्यही–त्यही रुटमा बिग्रेका सडक मर्मत गर्न सरकारी निकाय जुटेको हो ।
यसै सिलसिलामा मंगलबार राजधानीको केशरमहल वरपर सडक मर्मत गर्नेक्रममा दिउँसो त्यस क्षेत्रको ट्राफिक व्यवस्था घन्टौंसम्म अस्तव्यस्त बन्यो ।
रत्नपार्कदेखि जमल हुँदै चल्ने अधिकांश सार्वजनिक यातायात र निजी सवारी–साधनको रुट परिवर्तन गरिँदा यात्रीहरु घन्टौं ट्राफिक जाममा परे ।
ट्राफिक प्रहरीले वैकल्पिक मार्गको उपाय अपनाउँदा पनि ट्राफिक व्यवस्थापन नहुँदा सर्वसाधारणले धेरै सास्ती व्यहोर्नुपरेको हो ।
प्रतिक्रिया दिनुहोस्