१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


एमाले–जसपा सहमति, १४ जिल्लामा चुनावी तालमेल


1.417k
Shares

काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

दुई पार्टीबीच भएको सहमति अनुसार एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेल हुनेछ ।

दुई दलबीच मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको छ ।

तालमेलको सहमति अनुसार यी जिल्लामा प्रतिनिधि सभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिनेछ ।

तालमेल भएका जिल्लाका प्रदेश सभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा आबद्ध जसपा सिट बाँडफाँटमा असन्तुष्ट बन्दै शुक्रबार गठबन्धनबाट बाहिरिएको थियो । यद्यपि जसपाले औपचारिक रुपमा गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छैन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट जसपा बाहिरिएसंगै मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा सामेल भएको छ ।