 
	    काठमाडौं । दशैं मनाउन छोडेर लमजुङका कृषक यतिबेला अलैंची टिप्न र सुकाउन दत्तचित्त भएर लागेका छन् ।
अलैंची टिप्नकै लागि अन्यत्र गएकाहरु समेत गाउँमा फर्केका हुन् । गाउँका बुढापाका, बालबालिका तथा किशोर-किशोरीलाई अलैंची टिप्न र सुकाउन भ्याई-नभ्याई छ । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ ।
असोज महिना सुरु भएसँगै अलैंची टिप्ने र सुकाउने काममा खटिएका उनीहरुले तिहार अगाडि नै सबै सुकाएर बिक्रीका लागि तयारी अवस्थामा राख्ने योजना बनाएका छन् । गाउँमा अलैंची खेती हुन थालेपछि चाडपर्व छोडेरै उनीहरु काममा दत्तचित्त दिएर लाग्न थालेका छन् ।
लमजुङका कृषकका अनुसार पाकिसकेको अलैंची समयमा टिपिएन भने बिस्तारै ढुसी बढ्ने भएकाले समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ । अलैंचीमा लमजुङे कृषकको आकर्षण बढेपछि युवाहरुको विदेश जाने क्रम समेत रोकिएको छ । विदेश गएकाहरु समेत गाउँमा फर्केर अलैंची खेतीमा रमाउन थालेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्