धनुषामा करेन्ट लागेर दाजु-भाइको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


धनुषामा करेन्ट लागेर दाजु-भाइको मृत्यु


338
Shares

काठमाडौं । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ ।

आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका दुवै जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।