रूस र पश्चिमा देशबीच द्वन्द्वको खतरा बढाएको रूसको चेतावनी « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


रूस र पश्चिमा देशबीच द्वन्द्वको खतरा बढाएको रूसको चेतावनी


312
Shares

काठमाडौं । युक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकी निर्णयबाट रूस रूष्ट बनेको छ ।

यसले अमेरिकासँग सीधा सैन्य भिडन्तको जोखिम बढाएको चेतावनी रूसले दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाका लागि रूसी राजदूत एनाटोनी एन्टोनोभले युक्रेनलाई सैन्यसहितका थप सहयोग गर्ने अमेरिकी घोषणा रूसका तात्कालीक चेतावनी रहेको बताएका छन् ।

उनले अमेरिकालाई द्वन्द्वको एक भागिदारका रूपमा चित्रित गरेका हुन् । हतियारसहितको अमेरिकी सहयोगले रूसी कब्जामा रहेको क्षेत्र पुनः नियन्त्रणमा लिने अभियानमा रहेको युक्रेनलाई सहयोगी हुने अपेक्षा गरिएको छ ।

युक्रेनी सेनाले उत्तर पूर्व र दक्षिणी क्षेत्रमा पछिल्ला हप्ता महत्त्वपूर्ण सफलता हासिल गरेको बताइएको छ । जसका कारण अमेरिकाको सहयोग रहेको रूसी बुझाइ छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि युद्ध घोषणा गरेयता अमेरिकाले युक्रेनलाई करिब १७ विलियन अमेरिकी डलर बराबरको सहयोगको वाचा गरिसकेको छ । रूसले गएको फ्रेबुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ ।