
काठमाडाैं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दशैं मनाउनका लागि करिब ७० हजार नागरिक बाहिरिएका छन् ।
प्रदेश ट्राफिक कार्यालय र जिल्ला ट्राफिक कार्यालय सुर्खेतले वीरेन्द्रनगरको सिटी बस पार्कबाट मात्रै ५० हजार भन्दा बढी बाहिरीएको जनाएको हाे । सुर्खेत बाङ्गेसिमल, गोठिकाँडा, सुब्बाकुना लगायतका चेक पोष्टबाट रेकर्ड लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
बाङ्गेसिमल र गोठिकाँडा हुँदै माथिल्लो कर्णालीका दैलेख, कालिकोट, जुम्ला, मुगु र अछाम जिल्ला जानेहरूको संख्या ४६ हजार रहेकाे छ । कर्णाली राजमार्ग हुँदै माथिल्लो कर्णाली जानेको संख्या सबैभन्दा धेरै रहेको देखिन्छ । त्यस्तै गोठिकाँडा हुँदै दैलेख र कर्णाली राजमार्ग हुँदै जानेहरूकाे संख्या १९ हजार रहेको छ ।
वीरेन्द्रनगरको सुब्बाकुना हुँदै जाजरकोट, सल्यान र रुकुम पश्चिमतर्फ बाहिरिनेको संख्या १४ हजार रहेकाे छ । सुब्बाकुनाबाट कोहलपुरबाट पनि नागरिक बाहिरिएका छन् । बसपार्क भन्दा बाहिरबाट सवारी साधन बुकिङ गरेर १० हजार भन्दा बढी दशै् मनाउन बाहिरिएको आंकलन प्रहरीले गरेको छ ।
बबई नाकाबाट मात्रै करिब ४८ हजार भन्दा बढी बाहिरिएका छन् । बाहिरबाट ३५ हजार बढी कर्णालीमा भित्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्