अर्घाखाँची, असार ३ । आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।
शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए ।
गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब सङ्कलन भएको थियो ।
गए राति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्लामा एकै दिन ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
यससँंगै जिल्लामा कोरोना सङ्क्रमित ११० पुगेका छन् । कोरोनाका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । रासस








प्रतिक्रिया दिनुहोस्