Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


१४ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक


0
Shares

चितवन, असार ३ । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड १४ घण्टापछि खुलेको छ ।

बिहान ४ः१५ बजे खसेको पहिरोे दिउँसो ६ः३० बजे पन्छाएर सडक नियमित गरिएको हो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए ।

पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक खुलेसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन् । रासस