Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


संक्रमितको शव व्यवस्थापन गर्न अध्यक्षको गाडी


0
Shares

कोहलपुर, असार ३ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनका लागि पालिकाको गाडी प्रयोग भएको छ ।

बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको मृत्यु भएपछि बैजनाथ गाउँपालिकाको गाडी शव ल्याउन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपाली सेना तथा अन्य सरोकार राख्ने निकायले समेत शव सुरक्षित रुपमा दाहसंस्कार गर्ने स्थलसम्म पु¥याउन कुनै चासो नदिएपछि आफूले चढ्ने गाडी प्रयोग गरिएको अध्यक्ष रुचालको भनाइ छ ।

उनले आफूले प्रयोग गर्दै आइरहेको गाडीमा शव बोकेर दाहसंस्कार गर्ने ठाउँ मानखोलासम्म पुर्‍याइएको बताए ।

निमोनियाबाट पीडित ती महिलाको गत जेठ ३० गते आइसियूमा राखेर उपचार गराउँदा गराउँदै यही असार १ गते मृत्यु भएको थियो ।

मृत्युअघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको मङ्गलबार रिपोर्ट पोजेटिभ आएपछि शव उठाउन अस्पताल प्रशासनले नमानेको आरोप अध्यक्ष रुचालले लगाए । रासस