
काठमाडौं, भदौ ५ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा सरकार योजनाविहीन भएको आरोप सरोकारवालाहरुले लगाएका छन् ।
विपद् व्यवस्थापन नीति तर्जुमा सम्बन्धमा मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण गर्न सरकारको भूमिका प्रभावकारी नभएको आरोप उनीहरुले लगाए ।
कार्यक्रममा प्रदेश नम्बर–३ का सभामुख सानुकुमार श्रेष्ठले विपद् व्यवस्थापन सम्बन्धमा प्रदेशमा कुनै निर्देशन नभएको बताए ।
जोखिम न्यूनीकरण तथा व्यवसथापन गर्न बनेको ऐन प्रस्ट नभएको भन्दै उनले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताए ।
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीतिलाई सातै प्रदेशमा कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ थियो ।
पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधरले विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकारको भूमिका प्रस्ट नभएको बताए ।
कार्यक्रममा विपद् व्यवस्थापन विज्ञहरुले विपद् व्यवस्थापन न्यूनीकरण गर्ने उपाय र अपनाउनुपर्ने तयारीकाबारेमा सुझाव राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्