कांग्रेस नेता चन्द्रमोहनद्वारा वरियतामा असन्तुष्टि जनाउँदै बन्द सूचीबाट नाम फिर्ताका लागि आयोगमा निवेदन « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


कांग्रेस नेता चन्द्रमोहनद्वारा वरियतामा असन्तुष्टि जनाउँदै बन्द सूचीबाट नाम फिर्ताका लागि आयोगमा निवेदन


1.183k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादवले वरियताप्रति असन्तुष्टि जनाउँदै समानुपातिको बन्दसूचीबाट आफ्नो नाम हटाउँन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

सोमबार सामाजिक संजाल फेसबुक मार्फत डा. यादवले आफूले आफ्नो नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको बताउनुभएको हो । २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा यादव धनुषाबाट निर्वाचित हुनुभएको थियो ।

डा.यादवले सामाजिक संजालमा यस्तो लेख्नु भएको छ –“मैले प्रतिनिधिसभाको सदस्यको लागि आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पार्टीको निर्देशन अनुसार सामानुपातिक तर्फ नामांकन गरेको थिएँ। तर पार्टीले कायम गरेको विधि विपरित मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकोले म आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु। मेरो उम्मेदवारीलाई मधेसी समूहमा क्र.संख्या २ नं. को सट्टा ३ नं. मा राखिएको मेरो जानकारीमा आएको छ । धन्यवाद । जय नेपाल ।”

यादव नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुनुुहुन्छ । उहाँ पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा समेत हुनुुहुन्छ ।