२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, भदौ ५ । बैतडीका चारओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको अध्ययनअनुसार जिल्लाका डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौंडी नगरपालिका र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।

यद्यपि, केही जोखिम भने अरु तहमा पनि छ ।

जिल्लामा विभिन्न किसिमका प्रकोपहरुको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका विषयमा सम्बन्धित स्थानीय तहहरुसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले जानकारी दिए ।

विभिन्न विपद्का घटनालाई न्यूनीकरण गर्न स्थानीय तहलाई बजेट छुट्याउन आग्रह गरिएको उनले बताए ।