झापामा २ जनाकाे हत्या « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


झापामा २ जनाकाे हत्या


1.092k
Shares

काठमाडौं । झापामा एक ब्यक्तिले खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या गरेका छन् ।

झापाको कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले शनिबार राति आफ्नै ५० वर्षीया आमा चन्द्रकला माझी र ५० वर्षीय काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटना भए लगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको हाे । पारिवारिक कलहका कारण चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।