३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


ओखलढुंगा जिल्ला मासुमा आत्मनिर्भर बन्याे


91
Shares

ओखलढुंगा । ओखलढुंगा मासुमा आत्मनिर्भर जिल्ला बनेको छ ।

ग्रामीण भेगमा खसी-बोका, बंगुर र राँगालगायतका मासुजन्य पशुपालनको उत्पादन बढेसँगै ओखलढुंगा आत्मनिर्भर बनेको हो । नेपालीहरुकाे महान पर्व दशैं र तिहार जस्ता पर्वमा अत्यधिक खपत हुने खसी-बोका, बंगुर र राँगा बाह्य जिल्लाबाट आयात गर्नुपर्ने अवस्था नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका निमित्त प्रमुख धिरेन राईले बताउनुभयो ।

जिल्लामा उत्पादन भएका खसी-बोका, बंगुर र राँगा बाह्य जिल्लामा समेत निर्यात हुने गरेको छ । कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा ४ रोड ३७ लाख मूल्य बराबरको ४६ मेट्रिक टन खसी-बोका बाह्य जिल्लामा निर्यात भएको थियो ।

त्यस्तै ५७ मेट्रिक टन बंगुर र २३ मेट्रिक टन राँगा र भैँसी पनि निर्यात भएको कार्यालयको तथ्यांक छ ।