इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश


1.768k
Shares

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नु भएको छ ।

आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउनु भएको हो ।

चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित हुनु भएको थियो ।