२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


घरायसी ग्राहकको विद्युत महशूल घटाइयो, कम प्रयोग गर्नेलाई थोरै महशूल दर


39
Shares

काठमाडौं, असार ३ । सरकारले घरायसी ग्राहकका लागि विद्युतको महशूल घटाएको छ । ५ एम्पियरको लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने ग्राहकले ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क तिर्नुपर्ने छ । उनीहरुले विजुलीको शुल्क तिर्नुपर्ने छैन ।

यही असार महिनादेखि लागू हुने गरी यो महशूल दर तोकिएको विद्युत नियमन आयोगले जनाएको छ । ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ र प्रतियुनिट शुल्क ३ रुपैयाँ तिर्नुपर्ने छ ।

२१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ डिमान्ड शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महशूल तिर्नुपर्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महशूल तिर्नुपर्ने छ ।

५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट महशूल तिर्नुपर्ने छ । १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्ने छ ।

त्यसैगरी १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महशूल तोकिएको छ । २५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट दर तोकिएको छ ।

४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियूनिट तिर्नुपर्ने छ ।

आयोगले घरायसी ग्राहकको लागि १५, ३० र ६० एम्पियरसम्म विजुली लाइन लिँदा पनि खपतका आधारममा फरक/फरक दर तोकेको छ । यसबाट कम विद्युत प्रयोग गर्ने ग्राहकले सहुलियत पाउने छन् भने बढी उपयोग गर्नेले बढी नै भुक्तानी गर्नुपर्ने छ ।