नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : खेलकुदमन्त्री « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : खेलकुदमन्त्री


52
Shares

काठमाडाैं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभएको छ।

आज संगीतकार संघ नेपालले आयोजना गरेको श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो ।

कला, साहित्य र संगीतको क्षेत्रमा काम गर्नेहरुलाई डिग्री दिनका लागि सांस्कृतिक विश्वविद्यालय आवश्यक रहेको उहाँको भनाई छ । मन्त्री गहतराजले नेपालको सांगीतिक क्षेत्रले नेपालको राजनीतिक प्रक्रियाहरुमा महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।