Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


रुकुम घटनामा अभियोग लागेका ९ जनाको बयान सकियो


0
Shares

रुकुमपश्चिम, असार २ । चौरजहारी–८ सोती घटनामा अभियोग लागेका ९ जनाको मंगलबार बयान सकिएको छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए ।

अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उनको भनाइ  छ । बयान बुधबार पनि  हुने छ ।

घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । दुई नाबालकसहित ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत तथा एक जनालाई मतियार कसूरमा मुद्दा परेको छ ।

आइतबार अभियोग दर्ता भएपछि सोमबार दुई नाबालकको बयान र थुनछेक बहस सकिएपछि  मुद्दा पुर्पक्षका लागि तिनलाई बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको थियो ।

गत जेठ १० गते  चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोट, भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक  जनाको मृत्यु भएको थियो ।

यसैबीच युग पाठक, सङ्गीत, जेबी विश्वकर्मा, मोहन साशङ्कर,  राम नेपाली, विजय विश्वकर्मा र सुष्मा बरालीको अध्ययन टोलीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा जातीय विभेद देखिनाका साथै सरकार र राजनीतिक दलहरुको भूमिका कमजोर देखिएको भनी प्रतिवेदन सार्वजनिक गरेको छ । रासस