
काठमाडौं,असार २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधनका लागि बसेको बैठकमा अनुपस्थित भएका आफ्ना सांसदहरुसँग प्रष्टीकरण सोधेको छ ।
गत शनिबार बसेको ऐतिहासिक संसद बैठकमा उपस्थित नहुने सांसदलाई नेकपाले स्पष्टीकरण सोधेको हो ।
नेपालको नयाँ नक्शालाई निशान छापमा समेट्न सरकारले राखेको प्रस्तावलाई प्रतिनिधि सभाबाट शनिबार सर्वसम्मत पारित गरिएको थियो ।
बैठकमा आउन नसेको कारण के हो भन्दै स्पष्टीकरण सोधिएको नेकपा प्रमुख सचेतक देव गुरूङले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । नेकपा सांसद शिवकुमार मण्डलले पाँच दिनभित्र स्पष्टीकरण दिन पार्टीले पत्र पठाएको जानकारी दिए ।
उक्त बैठकमा नेकपाका चार जना सांसदसहित १२ जना अनुपस्थित थिए । अनुपस्थित हुने नेकपाका सांसदमा गोपालबहादुर बम, हरिबोल गजुरेल, धनबहादुर बुढा र शिवकुमार मण्डल थिए ।
प्रतिक्रिया दिनुहोस्