
सुरेन्द्र भण्डारी (इमेज)
झापा, असार २ । बेतबाँसका फर्निचरहरू लोकप्रिय हुँदै गएपछि झापामा परम्परागत सीपले बजार लिन थालको छ ।
काँकरभिट्टामात्र नभइ बिर्तामोडलगायतका पूर्वका बजारमा पनि बेतबाँसका उद्योगहरू धमाधम खुल्न थालेका छन् ।
घर सजावटमा प्रयोग हुने बाँस र बेतबाट बनेका सामानको प्रयोग झापामा बढी नै हुने गरेको देखिन्छ ।
एसियाकै पुरानो र परम्परागत कलाकोरुपमा रहेको बेतबाँसबाट घरमा प्रयोग हुने विभिन्न सामग्री बुन्ने गरिन्छ ।
बेतबाँसबाट आकर्षक र आधुनिक फर्निचर निर्माण हुन थालेपछि यसले पूर्वका बजारमा लोकप्रियता कमाएको हो ।
विगत ३० वर्षदेखि बेतबाँसका विभिन्न सामग्री बनाउँदै आएका गोपाल दासले बेतबाँसको लोकप्रियता बढेसँगै विभिन्न सहरमा बेतबाँस उद्योगहरु सञ्चालनमा ल्याएका छन् ।
पछिल्लो समय बेतबाँसका सामग्रीले बजार पाएपछि मेचीनगरको काँकरभिट्टामा मात्र एक दर्जन बढी बेतबाँसका सामग्री बनाउने उद्योगहरु सञ्चालनमा आएका छन् ।
नयाँ खोलिएका उद्योगले दिनहुँ बेतका सामग्री निर्माण गर्दै बजारको मगलाई धानिरहेको छ ।
बेतको सामग्री निर्माण गर्ने नेपाली कालिगड नहुँदा अधिकांश उद्योगमा भारतीय कालिगडले काम गर्दै आएका छन् ।
घरमा प्रयोग हुने टेबल, कुर्सी, र्याक, ह्यांगर, फुड बास्केट, कोक्रा, सोफासेट आदि बेतका सामग्री भारतीय कालिगडको सहयोगमा तयार हुँदै आएका छन् । तयार भएका सबै सामग्री पूर्वका बजारमा खपत हुने गरेको छ ।
झापाको मेचीनगरमा मात्रै बेतबाँसका उद्योग दर्जनौंको हाराहारीमा छन् । ती उद्योगमा पनि अधिकांश भारतीय कालिगड नै कार्यरत् छन् ।
नेपाली युवा रोजगारीको खोजीमा दिनहुँ विदेश पलायन भइरहँदा हातमा सीप भएका भारतीय नागरिकले नेपालबाट बेतबाँसका विभिन्न सामग्री तयार गर्दै वार्षिक लाखौं रुपैयाँ विदेश लगिरहेका छन् ।
त्यसैलेपनि बेतबाँसबाट निर्माण हुने सामग्री बुन्ने सीप स्थानीय नेपाली युवाहरुलाई पनि सिकाउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्