७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरी जेल चलान


0
Shares

पाँचथर । पाँचथरमा एक फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरी जेल चलान गरिएको छ ।

जिल्ला अदालत पाँचथरले विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएका उनलाई कैद भुक्तानीका लागि कारगार चलान गरिएको हो ।

जेल चलान हुने पाँचथरको याङवरक गाउँपालिका ५ का ५२ वर्षीय भगिश्वर तावा लिम्बु हुन् ।

कर्तव्य ज्यान मुद्दमा अभियोग लागी १ वर्ष ८ महिना २० दिन कैद सजाय भुक्तान गर्नु पर्नेमा लिम्बु हालसम्म फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।